काठमाडौं – पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी सिरिज जित हात पारेको छ । वेस्ट इन्डिज र पाकिस्तानबीचको चौंथो तथा अन्तिम टी–ट्वान्टी क्रिकेट अत्यधिक पानी परेर प्रभावित भएपछि पाकिस्तानलाई विजयी घोषणा गरिएको हो । खेल प्रभावित हुनुअघि वेस्ट इन्डिजले ३ ओभरमा बिना विकेटको क्षतिमा ३० रन जोडेको थियो । अत्यधिक पानी परेका कारण अन्तिम खेल रद्द हुन पुग्दा ४ खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानले १–० ले जित्यो ।

यसअघि पनि पानी धेरै परेको कारण पहिलो र तेस्रो खेल रद्द भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजलाई ७ रनले हराएर पाकिस्तानले जित निकालेको थियो । दोस्रो खेलमा जित निकालेको कारण नै पाकिस्तानले सिरिज जितेको हो । जितको आधार यसै खेललाई जितको आधार बनाइएको छ ।