काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । हिजो सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मङ्गलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घको भनाई छ । तर, यता चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मङ्गलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।