काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ०६ अङ्कले बढेर ३ हजार ८५ दशमलव ०७ विन्दुमा उक्लिएको छ । हिजो आइतबार झिनो (१ दशमलव २५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २ सय २६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार १.२५ अङ्कले बढेको बजारमा १२ अर्ब १० करोड माथिको कारोबार भएको थियो ।