जनकपुरधाम– सिरहाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नवराजपुर गाँउपालिका वडा नं. ५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपूत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

राजपूतलाई लहान नगरपालिका वडा नं. १ स्थित इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको संयुक्त प्रहरी टोलीले मोटरसाइकल चेक जाँचको क्रममा नाइट्राभेट ४ हजार ७ सय ४० वटा ट्याबलेट, डाइजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एमएल) ७ बोतलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।