काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता आज पनि कायमै राख्दै प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।