टोकियो– जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत भएको पुरुष एथ्लेटिक्स एक सय मिटर दौडमा इटालीका मार्सेल ज्याकोब्सले स्वर्ण पदक हात पार्दै विश्वकै सबैभन्दा तेज धावक बन्न सफल भएका छन् । उनले आइतबार भएको पुरुष एक सय मिटर दौड ९.८ सेकेन्डमा पुरागर्दै स्वर्ण पदक जितेका हुन् ।


यसअघि भएका ओलम्पिकमा जमैकाका उसेन बोल्टले उक्त विधामा लगातार तीन वटै ओलम्पिकमा स्वर्ण पदक जितेर विश्व रेकर्ड बनाएका थिए । उनले यस अघि ब्राजिलमा भएको रियो ओलम्पिकपछि सन्यास लिंदै खेल जीवनबाट अवकाश लिएका थिए । जमैका बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको छ ।

आइतबार भएको फाइनलमा इटालीका मार्सेलले ९.८ सेकेन्डमा एक सय मिटर दूरी पुरा गर्दै स्वर्ण पदक जितेका हुन् भने अमेरिकाका फ्रेड केर्लीले ९.८४ सेकेन्डमा दूरी पूरा गरेका रजत पदक हात पारेका छन् । त्यसैगरी ९.८९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्यानडाका आन्द्रे डे ग्रासेले काँस्य पदकमा चित्त बुझाउनु पर्यो । उक्त विधाको विश्व वरियतामा दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका अकानी सिम्बाइन भने चौथो स्थानमा खुम्चिन पुगे । सोही विधाकै विश्व वरियताको नम्बर एक खेलाडी अमेरिकी जस्टिन ग्याट्लिनको भने चालु टोकियो ओलिम्पिक संस्करणमा सहभागी रहेको थिएन ।