काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अङ्कले बढेर ३ हजार ८१ दशमलव ०५ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अङ्कले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ । यस अघिको अन्तिम कारोबार बिहीबार १० अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । दिनभर भएको १ लाख १७ हजार ४ सय ९० कारोबारबाट २ सय २६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँ पुगेको छ ।