काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।