काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ पीसीआर परीक्षण गर्दा २ हजार २ सय ८० जना र ४ हजार २ सय ५६ एन्टिजेन परीक्षण गर्दा ८ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय १७, भक्तपुरमा ९४ र ललितपुरमा १ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर २३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । देशभर हालसम्म ३१ हजार ३ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज १ हजार ९ सय १६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।