वीरगञ्ज– होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८० हजार रुपैयाँ नगदसहित रौतहटको एक होटलबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको ३०१ नम्बर कोठाबाट २ लाख ७९ हजार ६ सय ९० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर ४ गरुडा बजारका ६ जना, वडा नम्बर १ जयनगर टोल बस्ने तीन जना रहेका छन् । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।