भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख–दुःखको साथी भएको बताउनुभएको छ । आज शनिबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै उहाँले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गर्नुभएको हो । उहाँले छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपत्मा सबैभन्दा पहिला आफूहरुले नै एक अर्कोलाई मद्दत गर्ने गरेको बताउनुभएको छ ।