टोकियो – चालु संस्करणको ओलम्पिक खेलकुद प्रतियोगिता अन्तर्गतको पौडीमा अमेरिकी पौडीबाज केलब ड्रेसलले तीन वटा स्वर्ण पदक जित्न सफल भएका छन् । जापानको टोकियोमा भैरहेको ओलम्पिक खेलमा एकै व्यक्तिले तीन स्वर्ण पदक जितेका हुन् । पुरुष तर्फको एकसय मिटर बटरफ्लाइमा उनले विश्व कीर्तिमान भङ्ग गर्दै ड्रेसलले स्वर्ण पदक हात पारेका छन् । चौबीस वर्षीय अमेरिकी खेलाडी ड्रेसलले एकसय मिटरको उक्त स्पर्धामा ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन् । हङ्गेरीका क्रिष्टोफ मिलाकलाई ०.२३ सेकेण्ड पछि परेका डे«सलले पछिपदा हङगेरीका क्रिष्टोफ मिलाकले रजत पदनमा चित्त बुझाउनु पर्यो । यसैगरी सोही प्रतिस्पर्धामा स्वीट्जरल्याण्डका नोए पोन्टीले काश्य पदक जितेका छन् ।

अमेरिकी पौडीवाज ड्रेसलले यसअघि एकसय मिटर फ्री स्टाइलमा ४७.०२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका थिए भने चार सयमिटर रिलेमा पनि स्वर्ण जितेका थिए । ड्रेसलले आज शनिबार पनि अर्को प्रतिस्पर्धा गर्दै छन्, अहिलेसम्मको उनको नतिजा हेर्दा अर्को पनि स्वर्ण पदक जित्ने बलियो सम्भावना समेत छ । उनले शनिबार मिक्स्ड मिड्लेको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । यसका साथै ड्रेसलले जारी ओलम्पिकमा ५० मिटर फ्री स्टाइल तथा मिड्लेमा पनि प्रतिस्पर्धा गर्ने छन् । बाँकी तीनैमा स्वर्ण जितेमा ड्रेसलले टोकियो ओलम्पिकमै छ वटा स्वर्ण पदक जितेर नयाँ कीर्तिमानी रेकर्ड बनाउन सक्ने बलियो सम्भावना पनि रहेको छ ।