लुम्बिनी – लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका तीन सांसद् पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद् पदमुक्त भएको उल्लेख छ ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल पदमुक्त हुनुभएको हो । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उहाँहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार संसदीय दलले कारबाही गरेर संसद् सचिवालयमा पठाएको थियो ।