बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै धर्मनाथ यादव हिजो बिहीबार बिदाइ भएर जानुभएको छ ।

शेरचन लुम्बिनी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुनुहुन्छ । नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा रहेका छन् ।