काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।