टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर दूरी पूरा गर्न १२.९१ सेकेण्ड खर्चेकी थिइन । नौ जनाले प्रतिस्पर्धा गरेको उनको टिममा चौधरी आठौं भएकी हुन् ।


नेपाली खेलाडीले ओलम्पिक गेममा अहिलेसम्म खासै राम्रो नतिजा ल्याउन सकेका छ्र्रैन्न । चौधरीले आफ्नै राष्ट्रिय रेकर्डपनि सुधार्नबाट चुकिन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका सबै पाँचै जना खेलाडी बाहिरिएका छन् । नेपालका कुनै पनि खेलाडी पहिलो चरणमा खुम्चिनु पर्यो । टोकियो ओलम्पिकबाट नेपाली खेलाडीहरुको प्राप्त उपलब्धी भनेको तीन जनाले राष्ट्रिय कीर्तिमान बनाए । राष्ट्रिय रिकर्डमा केही सुधार ल्याए । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले खेलमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् ।