काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।
खोप केन्द्रमा आज, भोली र पर्सि अर्थात् साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् । महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।