अलास्का – अमेरिकामा ८ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का द्वीपमा बुधबार राति करिब सवा १० बजेतिर उक्त भूकम्प गएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको छ । अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी) ले राज्यको दक्षिण भागमा भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएको छ । भूकम्पको प्रभाव कहाँसम्म र के कति असर गरेको छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।