टोकीयो –जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत पुरुषतर्पmको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगितामा अमेरिकी पौडीबाज केलब ड्रेसलले स्वर्ण पदक जित्न सफल भएका छन् । ड्रेसलले ओलम्पिक कीर्तिमानी नयाँ रेकर्ड बनाउँदै उनले व्यक्तिगत स्पर्धामा ४७.०२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण पदक जितेका हुन् ।


अमेरिकी पौडीबाज ड्रेसलले टोकियो ओलम्पिकमा दुई स्वर्ण पदक हात पारेका छन् । यस अघि उनले चार सय मिटर रिलेमा पनि स्वर्ण जितेका थिए । एक सय मिटर फ्री स्टाइलमा ड्रेसलले अस्ट्रेलियाका कायल चाल्मर्सलाई पछि पारेर स्वर्ण पदकमा आफ्नो कब्जा जमाउन सफल भएका हुन् । सन् २०१६ को रियो ओलम्पिकमा पनि ड्रेसलले चार सय मिटर रिलेमा स्वर्ण पदक चुमेका थिए ।

सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमानधारी ड्रेसलको विश्व रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यद्यपि, अहिले पनि टोकियो ओलम्पिकमा उनी सो स्पर्धामा आफ्नै रेकर्ड सुधारको प्रयासमा छन् । चौबीस वर्षीय ड्रेसलले एक सय मिटर बटरफ्लाइमा भोलि शुक्रबार प्रतिस्पर्धा गर्दैछन् ।