काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ७० रुपैयाँ पुगेको छ ।

हिजो बजारमा सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ र चाँदी एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत हिजोको तुलनामा थप ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।