काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मङ्गलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि बढेर आज तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।