काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको बुक क्लोज भोलि हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो ।
यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट दिने भनेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांश हात पार्नेछन् ।
लाभांश लगायतका प्रस्ताव पारित गर्न कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको राखेको छ । आजसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।