बर्लिन– जर्मनीको लेभरकुजन शहरमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा भएको बिस्फोटमा परी कम्तिमा १६ जना घाइते भएका लेभरकुजनका अधिकारीले बताएका छन् ।
स्थानीय समय अनुसार हिजो बिहान करिब पौने दश बजे तिर उक्त प्लान्टमा बिस्फोट भएको थियो । बिस्फोट पछि भएको आगलागी नियन्त्रणमा लिन केही घण्टा लागेको थियो । प्रहरीले स्थानीय बासिन्दालाई झ्याल र ढोका बन्द गरेर घरभित्र बस्न अनुरोध गरेको थियो । विष्फोटन पछि त्यहाँ हराइरहेकाहरुको उद्धारकर्मीहरुले खोजी गरिरहेको समाचारमा जनाइएको छ । उक्त केमिकल प्लान्टमा रहेका तीनवटा ट्याङ्कमा कुनै पूर्ण कुनै आंशिक रुपमा क्षति भएको बताइएको छ ।