लेभरकुजन – जर्मनीको एक केमिकल (रसायन) प्लान्ट बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता रहेका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते भएका लेभरकुजनका अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ बजेर ४० मिनेटमा बिस्फोट भएको हो । बिस्फोटबाट भएको आगलागी नियन्त्रणका लागि केही समय लागेको थियो । प्रहरीले स्थानीय बासिन्दालाई घर भित्रै बस्न र ढोका तथा झ्याल बन्द गर्न भनेको छ । उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी गरिरहेका छन् । प्लान्टमा रहेका तीनवटा ट्याङ्क पूर्ण रुपमा ध्वस्त भएका छन् ।