फाइल तस्वीर

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ । उनले १ महिलाको १ सय मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् ।

गौरिका १३ औँ सागकी स्वर्णपदक विजेता खेलाडी हुन् । यो ओलम्पिकमा पौडीका नेपाली दुई खेलाडी सहभागी भएकामा एलेक्जेन्डर शाहले हिजो मङ्गलबार प्रतिस्पर्धा गरेका थिए । गौरिका हिट वानमा परेकी छिन् । हिट वानमा गौरिकासँगै नाइजेरिया, मन्टेनेग्रो र गुआमका खेलाडिहरू रहेका छन् ।