धनगढी – कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका–६का ३५ वर्षीय धनबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुको साथबाट पाँच किलो पाँच सय ग्राम लागुऔषध चरेश र एक लाख २० हजार रुपैयाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।