काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट लागेको हो ।

भारत सरकारले चलचित्र छायाँङ्कनको लागि अनुमति दिएपछि उनी केही दिन अगाडि लखनऊ पुगेका थिए । एक्सन सिनमा काम गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको र चिकित्सकले तीन सातासम्म आराम गर्नुपर्ने बताएको उनले जानकारी दिएका छन् ।

उनले नेपालीसँगै भोजपुरी चलचित्रमा काम गर्न थाले र उतै व्यस्त भए । लामो समय नेपाली चलचित्र क्षेत्रभन्दा टाढा बसेका भट्टले गएको वर्ष आफ्नै प्रडक्शनमा ‘साङ्लो’ निर्माण गरेका थिए ।