काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो ।

हिजो बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत ३ सय रुपैयाँले नै घट्दै ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने आज मङ्गलबार पनि स्थिर हुँदै प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।