काठमाडौं – पहेंलो धातु सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सधै उतार चढाव हुने सुनको मूल्यमा हिजोको भन्दा आज सोमबार एक सय रुपैंयाँले बृद्धि भै प्रतितोला ९२ हजार एक सय रुपैंयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुनको प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार भएको थियो ।


यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक सय रुपैयाँ बढेर आज ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला ९१ हजार पाँच सयमा कारोवार भएको थियो ।

यस्तै सेतो धातु चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोलाको मूल्य १२ सय ७० रुपैयाँमा निर्धारण भएको छ ।