काठमाडौं – सन् २०१९ को डिसेम्बरको अन्तिम सातामा चीनको वुहान प्रान्तमा देखिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्वलाई नै थलापारेको छ । कोरोना भाइरसको सङक्रमणका कारण विश्वमा ४१ लाख ३६ हजार ५१८ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने ४ लाख ८३ हजार ४७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारभर कुल १९ करोड २२ लाख ८४ हजार २०७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई न्यूनीकरण गर्न अहिले खोप लगाउने क्रम बढेता पनि कोरोना भाइरसको महामारी भने नियन्त्रणमा आउन सकेको छैन । यो भाइरसका नयाँ नयाँ भेरियन्टहरु देखा परिरहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । यो रोगबाट बस्ने उपाय भनेको आफ्नै सजग हुनु हो । नियमित रुपमा साबुन पानीले हात धुने, सामाजिकदुरी कायम गर्ने, राम्रोसँग माक्सको प्रयोग गर्ने जस्ता कुरामा ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठनले पटक पटक आग्रह गर्दै आएको छ ।