म्युनिख– जर्मनी फुटबलर रोबर्ट लेवान्डोस्कीले ‘जर्मनी फुटबलर अफ दी’ इयर अवार्ड जितेका छन् । आइतबार किकरले लेवान्डोस्कीलाई जर्मनी ‘फुटबलर अफ दी इयर’ अवार्ड प्रदान गरेको हो । ३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै उक्त अवार्ड जित्ल सफल भए हुन् । लेवान्डोस्कीले तीन सय ५६ भोट पाउँदा मुलरले ४१ र हालाण्डले ३८ भोटमात्र पाएका थिए । जर्मनका खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्कीले यो वर्षको ‘फुटबलर अफ दी इयर’ खेलाडीको बाजि मारेका हुन् ।

जर्मन फुटबल लिग बुन्डेस लिगा फुटबल अन्तर्गत भएको प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडी हुन् । गत सिजन युरोपियन प्रतियोगिताहरुमा पनि लेवान्डोस्की सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि पाएका थिए । बायर्नका फरवार्ड ३२ वर्षीय लेवान्डोस्कीले ४१ गोल गरेका थिए । उनले एउटै सिजन बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउन सफल भएका थिए ।