काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त निर्णय भएको हो ।


उक्त बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो । असारको पहिलो सातादेखि खुकुलो बनाउँदै लगिएको निषेधाज्ञा पछिल्लो समय निकै खुकुलो पारिएको छ । पछिल्लो समयको निषेधाज्ञाको खासै प्रभाव परेको छ । सबैतिर खुला भएको छ ।