काठमाडौं – केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

सूचना अधिकारी पोख्रेलका अनुसार, केन्द्रीय बैंकको प्राविधिक टोली र प्रहरीको साइबर ब्युरोले संयुक्त रुपमा छानबिन सुरु गरेको छ, थप नयाँ विवरण आईसकेको छैन’ । केन्द्रीय बैंकसहित सबै बैंकको साइबर प्रणाली सुरक्षित रहेको पनि पोख्रेलले बताउनुभयो ।