काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले नै बढ्दै ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरी आज चाँदीको मूल्य समेत हिजोको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।