नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।
छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ । रासस