काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ३ सय ४२ कोरोना भाइरसको नयाँ सङ्क्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको तेस्रो चरणमा प्र्रवेश गरेको छ । त्यहाँ कोरोनाको नयाँ भेरिएन्ट फेला परेकोको यो सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएको बताइएको छ ।

यो अवधिमा ३८ हजार ७ सय ४० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने चार सय ८३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड १२ लाख ९३ हजार भन्दा धेरै पुगेको छ ।

जसमध्ये तीन करोड चार लाख ६८ हजारभन्दा धेरैले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने चार लाख १९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतमा अहिले पनि चार लाख पाँच हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको त्यहाँको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेक्रम जारी छ । अहिलेसम्म भारतमा ४२ करोड ३४ लाखभन्दा धेरै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।