कोटोपाक्सी – इक्वेडरको दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ । दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन् ।

एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन् । इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए। देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो । इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ ।