काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीले सात लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सात लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आइपिओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।