काठमाडौं – प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित मकवानपुरमा ट्रक चालक पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो । सडकमा शङ्कास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।