काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो ।

नेपाली बजारमा हिजो सुन प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया आज पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २ सय ६० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।