तस्वीर एन्फा
काठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन जना सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भगवती रानामगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनीहरुलाई एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीसम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले बताएका हुन् । गोलकिपर प्रशिक्षकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ । बन्द प्रक्षिणका लागि ४५ खेलाडीलाई समावेश गराइएको छ । उनीहरुले हिजो सोमबारदेखि अभ्यास सुरु गरेका छन् ।

उक्त बन्द प्रशिक्षणमा खेलाडीहरु अञ्जना रानामगर, सावित्री किशन, रेनुका नगरकोटी, एन्जिला सुब्बा, सरु लिम्बू, उषानाथ, सपना राई, अनिता बस्नेत र अनिता केसी छन् । यस्तै प्रिती राई, गीता राना, सिर्जना चेमजोङ, कविता धिमाल, अञ्जली योञ्जन, निशा थोकर, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, सुनिता चौधरी, विमला विक, शर्मिला थापा, दीपा राई, सपना लामा, रश्मी घिसिङ, र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा जुटेका छन् ।

बन्द्र प्रशिक्षणमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सरस्वती हमाल, सिर्जना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, कुशुम खतिवडा, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, सिर्जना सिंह, सविता राणा, चुम्लुङमा राइर्, रजनी थोकर र सलोनी रानामगर रहेका छन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसहित फिलिपिन्स र हङकङ रहेका छन् । एन्फाले जनाए अनुसार उक्त समूहको छनोट खेल आगामी भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूह ‘एफ’ को खेल नेपालले आयोजना गर्ने छ । यो समूहको शीर्ष टोलीले आगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछ । होम ग्राण्उड र घरेलु दर्शकको समर्थनबाट नेपाली महिला टिमले फाइदा लिन सके एसियन कपमा प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ ।