काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै आज सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ४ सय रुपैयाँले नै बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।