काठमाडौं— चीनमाथि अमेरिका, बेलायत र युरोपियन युनियनले साइबर आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरुले यसै वर्षको सुरुमा भएको साइबर आक्रमण चीनको संलग्नतामा भएको ति देशहरुको आरोप छ । अमेरिकाले यसअघि पनि चीनमाथि साइबर आक्रमण गरेको आरोप लगाउँदै आएको थियो ।

माइक्रोसफ्टको एक्सचेन्ज सरभरमा भएको साइबर आक्रमणका कारण विश्वका ३० हजारभन्दा बढी संस्थाहरु प्रभावित भएका थिए । चीनले साइबर आक्रमणको सहायता लिएको जासुसी गरेको उनीहरुले आरोप लगाएका छन् । चीनको मिनिस्ट्री अफ स्टेट सेक्यूरिटी ९एमएसएस० माथि बिस्तारित रुपमा जासुसी गरेको पश्चिमा सुरक्षा सेवाले आरोप लाग्दै आएको छ ।

यता चीनले भने पटक पटक साइबर आक्रमणमा आफ्नो देशको कुनै सम्लग्नता नरहेको प्रष्टीकरण दिंदै आएको छ । चीन कुनैपनि किसिमको सायबर अपराधको विपक्षमा रहेको दावी गरेको छ । तर ती देशहरुले चीनको प्रष्टीकरणलाई बेवास्ता गर्दै समय समयमा आरोप लगाउँदै आएका छन् । पछिल्लो समयमा चीनमाथि शक्तिराष्ट्रहरुले विभिन्न आरोप गलाउँदै यसलाई घेराबन्दी गर्न खोजिरहेका छन् । चीनमाथि किन मोर्चाबन्दी हुँदै संयुक्त रुपमा घेराबन्दी गर्न खोजिंदै छ भन्ने विषयले अन्तर्राष्ट्रिय रुपमै चिन्ता र चासो हुन बढ्न थालेको छ ।

पछिल्लो समयमा चीनको बढ्दो आर्थिक विकास र विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्दै गरेको कारणले अमेरिका, बेलायत, युरोपेली युनियन मात्र नभै भारतको लागि पनि टाउको दुखाइ बन्ने गरेको छ । विश्व अर्थतन्त्रमा ५२ प्रतिशतसम्म आफ्नो पकट जमाएको अमेरिका आर्थिकमन्दीको चपेटामा परेपछि विश्व अर्थतन्त्रमा उसको पकड खस्किंदै गएको छ । अमेरिका र युरोपेली देशहरुले सामना गर्नु परेको आर्थिकमन्दीलाई उठाउन नसक्दा उनीहरुले ठूलो समस्या झेल्दै आएका छन् । यसैबीच एशियाली मुलुकहरुले भने आर्थिक विकासमा निकै प्रगति गरेका छन् । त्यसैले पनि अहिले एशियाली देशहरु अमेरिका, बेलायत र युरोपेली देशहरु तारो बनिरहेका छन् ।