काठमाडौं— नेपालको उत्तरी र दक्षिणी छिमेकी देशबीच पुनः द्वन्द्व चर्किने खतरा देखिएको छ । चीनले भारतको जम्मु कास्मिर प्रान्तको लद्दाख नजिक आफ्नो सीमा क्षेत्रमा नयाँ लडाकु हवाई शिविर बनाउने तयारी गरिरहेको छ । पछिल्लो समय चीनप्रति अन्तर्राष्ट्रिय रुपमै अमेरिका र बेलायतले घेराबन्दी गर्न खोजिरहेको परिवेशमा भारत र चीनबीच पटक पटक सीमा क्षेत्रमा तनाव हुँदै आाएको छ । केही समय पहिले पनि लद्दाखमा चिनियाँ र भारतीय सेनबीच फायर खोलिएको थियो । चिनले आफ्नो सुरक्षामाथि चुनौती देखिएकोले उसले सुरक्षा दस्तालाई बलियो बनाउँदै लगेको छ ।

यसैक्रममा चीनले आफ्नोे सिनजियाङ प्रान्तको शाक्चे शहर नजिक पर्ने गरी हवाई सैनिक अखाडाको निर्माण गरिरहेको छ । चीनले काश्गार र होगान हवाई सैनिक अखडाको बिचमा यो नयाँ अखडाको बनाउन लागेको हो । चिनियाँ हवाई सेनाले यो क्षेत्रमा युद्ध गर्न गरेको खाडल पुर्न यो नयाँ हवाई सैनिक शिविर बनाउन लागेको भारतको सरकारी स्रोतलाई उल्लेख गरी एएनआईको समाचारलाई दि इकोनोमिक टाइम्सले उधृत गरेर समाचार प्रकाशित गरेको छ ।

चीनको शाक्चे शहरमा एक सैनिक शिविर रहेको छ । अहिले भएका सैनिक शिविरहरू र दुवैदेशको सीमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ बाट करिब ४ सय किलोमिटर रहेको जनाइएको छ । भारतीय सुरक्षा नियोगहरूले चीनले विकास गरिरहेको यो नयाँ सैनिक शिविरको बारेमा नजिकबाट नियाली रहेका छन् ।

विश्वनै अहिले पुनः युद्धको खतरा तिर उन्मुख भैरहेको छ । ठूला शक्तिशाली राष्ट्रले साना राष्ट्रहरुलाई आफ्नो पञ्जामा लिएर आफ्नो सत्रु राष्ट्रमाथि युद्धको संरचना बनाउने होडबाजी चलिरहेको छ । विश्व साम्राज्यवाद र विस्तारवादले आतङ्कवादलाई प्रयस दिइरहेको छ । ठूला र विकसित राष्ट्रहरुको आणविक भट्टी र आधुनिक हतियार उत्पादनको होडवाजीले विश्वलाई नै चिन्तित बनाउँदै लगेको छ ।