काठमाडौं – काठमाडौंको बौद्ध स्थित तिनचुली बिगमार्ट नजिकैबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी घर भएकी ३५ वर्षीया तारा थापासहित पाँच जना रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित वीरेन्द्र लामाको घरमा सञ्चालित सो जुवा खालबाट ४० हजार नगद र ३ बुक तास बरामद गरेको छ । हारजित हुनेगरी जुवा खेल्नेहरूमाथि मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।