काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत हिजो आइतबारको तुलनामा २ सय रुपैयाँले नै बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।