काठमाडौं – साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अङ्कले बढेको नेप्से परिसूचक तीन हजार ३२ अङ्कमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।

यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अङ्कमा पुगेको थियो । त्यसपछिका एक महिना १ सय ५२ अङ्कले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ । हिजो आइतबार नेप्से परिसूचक ९७ दशमलव २१ अङ्कले बढेको थियो ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो । कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।