लण्डन– बेलायती विशेष सेनाले चीन र रुस विरूद्धको गुप्त प्रत्याक्रमण कार्यहरू बनाएको सार्वजनिक भएको छ । उक्त कुराको खुलासा ‘द टाइम्स’ ले रोयल मरिन्स बिग्रडियर मार्क टोटेनलाई उधृत गर्दै लेखेको हो ।


बेलायतको जलसैनिक समूह ‘द ब्रिटिश रोयल मरिन्स’ का दुई विशेष एकाइहरू छन् । पहिलो, विशेष हवाई सेवा (द स्पेसल एयर सर्भिस–एसएएस) र दोस्रो, विशेष डुङ्गा सेवा (द स्पेसल बोट सर्भिस–एबीएस) । यी दुवै युनिटले केही विशेष जोखिम हुन सक्ने देश विरूद्ध प्रत्याक्रमण कार्यको तयारी गरिरहेको टोटेनको भनाइ उल्लेख गरिएको छ । ब्रिगेडियर चार हजार सेनाको कमाण्ड फोर्स हो । भविष्यमा कमाण्डो फोर्सको विशेष फोर्स तयार गरिने भनिएको छ । बिग्रडियर मार्क टोटेनले ‘द टाइम्स’ लाई चीन र रुसी सेना विरूद्धमा यो तयारी भइरहेको बताएका छन् ।