जर्मन–अत्यधिक वर्षा भएको कारण एक दशकपछि पश्चिम युरोपमा आएको बाढीले जर्मन र बेल्जियममा ठूलो क्षति पुर्याएको छ । यी देशका अतिरिक्त लग्जेम्बर्ग, नेदरल्याण्डलगायत केही देशहरु पनि बाढीबाट प्रभावित भएका छन् । यद्यपि, सबैभन्दा धेरै प्रभावित हुनेमा जर्मन र बेल्जियम रहेका छन् । बाढीकै कारण त्यहाँ एक सय ७० जनाको मृत्यु हुनुको साथै अझै कयौं मानिस हराइरहेको र बेपत्ता भएकाहरुको खोजीमा उद्धारकर्मीहरुले खोजि गरिरहेको समाचारमा जनाइएको छ । बाढीका कारण अझै धेरी मानिसहरु हराइरहेकोले त्यहाँ मृत्युहुनेको सङ्ख्या अझै बढ्न सक्ने छ ।


पानी पर्नेक्रम विस्तारै रोकिंदै गएकोले उद्दारकर्मीहरुले ढुवानमा फसेका मानिसहरुलाई उद्दार गरी निकालिरहेका छन् । कतिपय मानिसहरु बाढी गाडीभित्रै फसेका छन् भने कतिको त बाढीले गर्दा गाडीभित्रै मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रको स्थगलत भ्रमणको क्रममा केही अधिकारीहरु यस्तो सम्बेदनशित अवस्थामा हाँसेको भन्दै जर्मनीका शीर्ष राजनीतिज्ञको तीव्र आलोचना पनि भइरहेको छ ।
आउँदो चुनावमा चान्सलर एङ्गेला मर्केलको स्थान लिने उद्देश्यसहित कन्जरभेटिभ उम्मेदवार बनेका क्रिष्टियन डेमोक्र्याटिक युनियन अफ जर्मनीका नेता अर्मिन लास्चेत राष्ट्रपति फ्र्यांक–वाल्टरले प्रभावितहरुप्रति समवेदना प्रकट गरिरहेका बेला सहकर्मीहरुसँग अर्मिन हाँसिरहेको भिडियो भाइरल भएको थियो । यो भिडियो सार्वजनिक भएसँगै उनीहरुको तीव्र आलोचना भएको हो ।