दशककै भीषण वर्षा र बाढीका कारण युरोपेली देश जर्मन र बेल्जियम चपेटामा परेका छन् । उक्त बाढीमा परी कम्तिमा पनि एक सय २० जनाभन्दा मानिसले ज्यान गुमाएका छन् भने सयौं मानिसहरु अझै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अत्यधिक पानी परेका कारण कयौं बस्तीहरु डुवानमा पर्नुको साथै घरहरु भत्तिएका छन् । सडकहरु क्षत–विक्षत हुन पुगेका छन् । अत्यधिक पानी परेका कारण त्यहाँका नदीहरुमा पानीको सतह एक्कासी बढ्न गै नदी किनाराका बस्तीहरुमा बाढी बसेर जलमग्न भएका छन् ।

बाढीका कारण जर्मनीमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या एक सयभन्दा धेरै रहेको समाचारमा जनाइएको छ । जलवायु परिवर्तनको प्रभावका कारण कतै अत्यधिक तापक्रम बढेको छ भने कतै भीषण वर्षाले ठूलो मानवीय र भौतिक क्षति भैरहेको छ । यसैबीच जर्मन चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँग जुध्नका लागि अब ठोस कदम चाल्नु पर्ने बताउनु भएको छ । युरोपमा अत्यधिक वर्षा र बढीका कारणले जर्मनमा मानवीय र भौतिक भएको छ ।

यस्तै बेल्जियममा पनि बाढीका कारण २० जनाभन्दा धेरैको ज्यान गएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीको चपेटामा परेका छन् । बाढीकै कारण त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेखगरेका छन् । पानी अत्यधिक पर्दा त्यसले सहज निकास नपाउँदा बाढीले क्षति पुर्याउने कुरा त छ नै, तर पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यसलाई गम्भीर र बिनासकारी बनाएको जलवायु विज्ञहरुले बताएका छन् ।

विश्वमा देखिएको आणविक भट्टी, औद्योगिकीकरण तथा मानव सिर्जित विभिन्न कारणले जलवायु परिवर्तनमा आएको परिर्वतनले अत्यधिक पानीपर्ने, अत्यधिक गर्मी बढ्न थालेको विज्ञहरुले बताउँदै आएका छन् । अहिले विश्को तापक्रम १ दशमलम २ डिग्री सेल्सियस बढिसकेको छ । ठूला आणभिक भट्टी, औद्योगिक कलकारखानालगायत कार्बन उत्सर्जन हुने कुरालाई समयमै न्यूनीकरण नगर्ने हो भने विश्वको तापक्रममा बृद्धि हुन गै विश्वले झन ठूलो विनासकारी विपत्तिको सामना गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्नुनै विश्वका ठूला शक्तिशाली र औद्योगिक राष्ट्रहरुको मूख्य दायित्व रहेको उनीहरुको मत छ ।